Follow @khasokhasmag

१८ वर्षमा पहिलोपटक अमेरिकी राष्ट्रपति डाभोसमा


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विश्व आर्थिक मञ्चमा भाग लिन स्वीस शहर डाभोस पुगेका छन्।

पछिल्लो १८ वर्षमा उक्त मञ्चमा सहभागी हुने उनी पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।

विश्व व्यापारमा अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका ट्रम्पको सम्बोधनलाई धेरैले चासोपूर्व नियाल्ने अपेक्षा गरिएको छ।

बयानका लागि तयार छु: ट्रम्प

‘ऐतिहासिक’

१८ वर्षअघि बिल क्लिन्टन डाभोस पुगेयता कुनै पनि अमेरिकी राष्ट्रपति त्यहाँ गएका छैनन्।

त्यो क्रम तोडेर ट्रम्प विश्व आर्थिक मञ्चमा सहभागी हुन स्वीट्जरल्याण्डको उक्त शहर पुगेका छन्।

उनले शुक्रवार सम्बोधन गर्ने कार्यक्रम छ।

ट्रम्पको व्यापारिक नीति बढी अमेरिकामुखी रहेको भन्दै आलोचना हुने गरेको छ।

यो पृष्ठभूमिमा उनको उक्त सम्बोधनलाई धेरैले चासोपूर्वक हेर्ने ठानिएको छ।

लगानी

उनले अमेरिकामा लगानी भित्र्याउन आफ्नो भ्रमण केन्द्रित हुने डाभोस उड्नुअघि सञ्चारकर्मीहरुलाई बताए।

ट्रम्पले विश्वलाई, उनकै शब्दमा, अमेरिका कस्तो महान ढंगले चलिरहेको छ भन्नेबारे जानकारी दिने बताए।

तर ट्रम्पले घरेलु व्यापारलाई संरक्षण गर्ने नीति लिएको र त्यसले आफूहरुलाई निराश तुल्याएको कतिपय विदेशी लगानीकर्ताले बताउने गरेका छन्।

यद्यपि अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले अमेरिका व्यापारिक द्वन्द्वमा नफस्ने भन्दै बचाउ गरेका छन्।

BBC Nepali

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com