जापानले नेपाल सरकारलाई ३२ करोड अनुदान


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

माघ १२, काठमाडौं । जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रू। ३२ करोड ४८ अनुदान उपलब्ध गराउने भएको छ । खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्यसुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापानले चामललगायत खाद्यान्न खरीद गर्न उक्त रकम उपलब्ध गराउन लागेको हो । गत वर्षको बाढीले नेपालको कृषिक्षेत्र नराम्ररी प्रभावित भएको थियो ।

प्राकृतिक विपत्तिका कारण उत्पन्न प्रतिकूल अवस्थामा खाद्यान्न अभाव हुन नदिन जापान सरकारको केनेडी राउण्ड योजनाअन्तर्गत उक्त रकम उपलब्ध गराउने घोषणा गरिएको हो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा बिहीवार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले हस्ताक्षर गरे । आपूर्ति मन्त्रालयको नेतृत्वमा नेपाल खाद्य संस्थानले उक्त कार्यक्रम कार्यान्वयन गर्नेछ । रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com