पोखरामा निसान कम्पनीको टेरानो गाडी


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

माघ ११, विश्वप्रसिद्ध निसान कम्पनीको विश्वव्यापी लोकप्रिय गाडी कम्प्याक्ट एसयुभी न्यू टेरानो पोखरामा पनि पाइने भएको छ। गण्डकी धौलागिरी क्षेत्रका लागि निशान ब्राण्डका गाडीहरुको आधिकारिक बिक्रेता प्रिमियम मोटर्स प्रा.लि.पोखराले टेरानो पोखरा भित्र्याएको हो। नेपालका लागि यसको आधिकारिक बिक्रेता भने पायोनियर मोटोकर्प रहेको छ।

न्यू टेरानोमा प्रिमियम डुअल टोन इन्टेरियर, लेदर सिट, कुज कन्ट्रोल, ७।० ईञ्च टच स्क्रिन नेभिगेसन, न्यू स्टिरिङ्ग, माउण्टेनरअडियोरफोन कन्ट्रोल र वान टच लेन इन्डिकेटर लगायतका २२ नयाँ आकर्षक विशेषताहरु रहेका छन्। एकदमै शक्तिशाली इञ्जिन ११० पि एस ९ डिजेल टि एच पि० र १।६ लि। ९१०४ पि एस० पेट्रोलको लागि रहेको छ।

सुरक्षाका लागि डुअल फ्रन्ट एयरव्याग, हिल एस्र्टाट एसिस्ट एविएस, ईविडि, विए र इएस पिको साथमा रहेको छ। न्यू टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो गाडीको गियर सिस्टम कम्प्युटरद्वारा नियन्त्रण गरिन्छ।

युवा पुस्तालाई लक्षित गरिएको टेरानोले ग्राहकवर्गलाई स्मार्ट र बोल्डको अनुभूति गराउनेछ। न्यू टेरानोको मूल्य रु।४२ लाख ९९ हजारदेखि ५३ हजार ९९ हजारसम्म छ। १ हजार ५ सय सिसीको डिजेल इन्जिनयुक्त टेरानो भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक गरिएको हो।

गण्डकी धौलागिरीको लागि निसानको आधिकारिक बिक्रेता प्रिमियम मोटर्स प्रालि पोखराका प्रबन्ध निर्देशक सिरोज कोइरालाका अनुसार १ हजार ६ सय सिसीको पेट्रोल इन्जिनयुक्त टेरानो पनि नेपाली बजारमा उपलब्ध हुँदैछ।

उत्पादक कम्पनी निसान मोटरले १ वर्ष अथवा २० हजार किमीको वारेन्टी उपलब्ध गराए पनि नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले २ वर्ष अथवा ५० हजार किमीको वारेन्टी उपलब्ध गराएको छ। यस कम्पनीले ठूलो लगानीमा पोखराको औद्योगिक क्षेत्रमा अत्याधुनिक सेवा सुविधा सम्पन्न सर्भिस सेन्टर विस्तार गर्दैछ ।

निशान एक ग्लोबल पूर्ण लाईन गाडी निर्माता हो। जसले निशान इन्फिनिटी र डाट्सन ब्राण्डका ६० भन्दा बढी मोडल बिक्री गर्दछ। वित्तीय वर्ष २०१५ मा कम्पनीले विश्वभर ५।४ मिलियनभन्दा बढी गाडीहरु बिक्री गरी १२।१९ ट्रिलियन येन राजश्व उत्पादन गरेको थियो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com