जेब्राक्रसिङबाट बाटो काट्दा मृत्यु भएपछि रुपन्देहीमा तनाव


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

काठमाडौं, ११ माघ । जेब्राक्रसिङबाट बाटो काटिरहेकी वृद्धालाई टिपरले ठक्कर दिँदा मृत्यु भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित जानकीनगर तनावग्रस्त भएको छ ।

आक्रोसित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । स्थानीयको विरोध प्रदर्शनका कारण अहिले बुटवल भैरहवा सडक अबरुद्ध बनेको छ ।

बुटवल भैरहवा सडकको जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ कि ८९ बर्षीया महिला बिष्णु कुमारी भट्टराईलाई लु १ ख ९८३८ नम्बरकोे ट्रिपरले ठक्कर दिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com