राष्ट्रियसभा सांसदमा मनोनित हुने हिमानीको चाहना, कसरत बढ्दै


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले सक्रिय राजनीतिमा प्रवेश गर्ने ईच्छा गरेकी छिन् । पछिल्लो समय संविधान कार्यान्वयन भएर परिवर्तन संस्थागत हुने भएपछि तत्काल राजतन्त्र फर्काउन गार्हो हुने भन्दै यही व्यवस्थालाई उपयोग गर्न हिमानीलाई निकटस्थहरुले सुझाव दिएका छन् ।

निर्मल निवास निकट स्रोतका अनुसार हिमानी ट्रस्टका नाममा सामाजिक सेवामा सक्रिय हिमानीले पनि राजनीतिमा प्रवेश गर्न ईच्छुक रहेको संकेत गरेकी छिन् । उनले राष्ट्रिय सभाको सांसदमा मनोनीत हुनसके राजनीतिक कोर्स अगाडि बढाउन सहज हुनेतर्फ संकेत गरेकी छिन् ।

निर्मल निवासका निकटस्थहरुले हिमानीलाई राष्ट्रिय सभा सांसद बनाउनेबारे दलका नेताहरुसंग छलफलको वातावरण बनाउन थालेका छन् ।

स्रोतका अनुसार थाइल्याण्डमा एमाले अध्यक्ष केपी ओलीसंग भेट हुदा हिमानीले राजनीतिमा आएर जनताबाट अनुमोदित हुन तयार रहेको बताएकी थिइन् । त्यसका लागि पार्टी खोल्ने भन्दा पनि तत्काललाई तटस्थ भूमिकाबाट अघि बढ्न हिमानीले चाहेको बताइन्छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ जनामा परेर राष्ट्रियसभा सांसद बन्न हिमानीले रुची बढाएपछि शाही पाश्र्ववर्तीहरुले प्रधानमन्त्रीसहित दलका नेताहरुसंगको भेटवार्ता तिव्र पारेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com