गर्भवती आमाको मृत्यु भएको १० दिनपछि जन्मियो बच्चा


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

दक्षिण अफ्रिकाको म्थ्यासी गाउँकी एक ९ महिने गर्भवतीको उपचारका क्रममा मृत्य भयो । ३३ वर्षीया नामभेलिसो नामासोन्तो म्दोयी नामकी महिलाको अस्पतालमा गर्भवती हुने समयमा नै मृत्यु भएपछि उनको पेटको बच्चा पनि मरिसकेको डाक्टरले बताएपछि शवलाई कफिनमा हालेर शवगृहमा लगियो ।

१० दिनसम्म शवगृहमा राखेपछि जब ती महिलाको शवलाई अन्त्येष्टि गर्नका लागि कफिन खोलियो शवगृहका कर्मचारी तथा ती महिलाका आफन्त सबै छक्क परे । कारण थियो मृत महिलाको गर्भमा भएको बच्चा बाहिर निस्किएको थियो । त्यो पनि मृतअवस्थामा ।

गर्भवती आमाको मृत्यु भएको १० दिनपछि घटेको यो घटनापछि कतिपयले लासले बच्चा जन्माएको भन्दै यो घटनाले सनसनी मच्चायो । परिवारजन पनि आमा र बच्चाको शव हेर्नबाट डराए र तत्कालै ती महिला र उनको बच्चाको शवलाई एउटै चिहानमा अन्त्येष्टि गरिएको दक्षिण अफ्रिका संचारसंस्थाहरुले जनाएका छन् । मृत महिलाले कसरी मृत बच्चा जन्माइन् भन्ने विषय चिकित्सक र सर्वसधारणमाझ समत चासोको विषय बन्न पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com