नेपालको उत्तरी नाका खुल्यो, आजदेखि चिनबाट धमाधम सामग्री नेपाल भित्रिँदै


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री आजदेखि धमाधम नेपाल भित्रन थालेको छ ।सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार केरुङमा चिनियाँ सामग्री लिन गत हप्ता गएका नेपाली कन्टेनर धमाधम नेपाल फर्किन थालेका छन् ।

आज साँझसम्म १०० वटा मालबाहक ट्रक र कन्टेनर आउने अपेक्षा गरिएको छ । गत हप्ता ल्होछार पर्वका कारण एक हप्तासम्म केरुङमा सामान लाद्ने काम हुन सकेको थिएन । चिनियाँ सुरक्षा अधिकारीले आज बिहानमात्र नेपालतर्फ ट्रक र कन्टेनर पठाएको बताइएको छ ।

नेपालमा सामान पठाउने केरुङ क्षेत्रको सबैभन्दा ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्धक ज्याङ्से पिङले केरुङमा रहेका सयौँ नेपाली ट्रक कन्टेनरमध्ये ३०० भन्दा बढीमा सामान लाद्ने काम भइसकेको बताउनुभयो ।नेपाली बजारमा खपत हुने चीनबाट आएका सामग्री परीक्षण र जाँचपासको प्रक्रिया अगाडि बढिसकेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com