प्रदेश नं.७ मा मुख्यमन्त्री एमालेको कि माओवादीको ?


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

कैलाली,१० माघ । सात नम्बर प्रदेशमा कुनै दलले पनि प्रष्ट बहुमत नभएकोले सरकार गठनको लागि कम्तीमा पनि दुई दलीय गठबन्धनको आवश्यकता देखिएको छ ।
प्रदेश ७ मा ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन चाहिने २७ सांसद कुनै दलसँग छैनन् । २५ सिट पाएको एमाले २ सिटले बहुमतबाट बञ्चित भएको छ । कांग्रेसले १४, माओवादी केन्द्रले १२ र राष्ट्रिय जनता पार्टीले २ सिट जितेका छन् । वाम गठबन्धन कायम रहेमा उनीहरुकै प्रदेश सरकार बन्ने निश्चित छ ।
वाम गठवन्धनकै सरकार गठन भएमा प्रदेशको मुख्यमन्त्री एमाले वा माओवादी कसलाई दिने भन्ने टुंगोमा वाम गठवन्धन पुगेको छैनन् ।

यद्यपी प्रदेश नम्वर ७ मा नेकपा माओवादी केन्द्रले मुख्य मन्त्री पाउने चर्चा छ । सबैभन्दा बढी सिट जितेको नेकपा एमालेले प्रदेश सरकार गठनका लागि छलफल सुरु गरेको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्री पाउने सम्भावना रहेकोले गठबन्धनकै निर्णयको आधारमा अघि वढ्ने माओवादी केन्द्रको तयारी छ । माओवादीले मुख्य मन्त्री पाए कैलालीका नेता वीरमान चौधरीको प्रवल सम्भावना देखिएको माओवादी श्रोतको दाबी छ । माओवादीकै नेता झपट बोहराको पनि सम्भावना टरेको छैन ।

एमालेले मुख्य मन्त्री पाए सबैभन्दा बढी चर्चामा आएका कर्ण थापाको सम्भावना सकिएको छ । सामानुपातिकतर्फबाट महिलाको सङख्या नपुगेपछि थापा प्रदेशसभा सांसद समेत हुनु पाउनुभएन ।

एमालेको तर्फबाट नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ लगायतको चर्चा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com