माओवादी नेता थापाबाट राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

काठमाडौं, १० माघ । माओवादी केन्द्रका नेता रामबहादुर थापाले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गर्नुभएको छ ।

प्रदेश नं. ३ को ललितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा नेता थापाले मनोनयन दर्ता गर्नुभएको हो ।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले देशको विकासका लागि वाम सरकारले महत्वपूर्ण काम गर्ने दावी गर्नुभयो ।

थापा वाम गठबन्धनको तर्फबाट राष्ट्रिय सभाका लागि प्रदेश नं. ३ बाट खुलातर्फबाट सदस्यका उम्मेदवार हुनुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com