शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा भीषण आगलागी,दुई सातादेखि आगो नियन्त्रण बाहिर


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

रामचन्द्र न्यौपाने दुनै(डोल्पा) |शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा भीषण आगलागी भएको छ । २५ मंसिरमा लागेको आगो नियन्त्रण बाहिर गएको निकुञ्जको कार्यालय डोल्पाले जनएको छ । शे–फोक्सुण्डो तालको नजिकै रहेको रानी वनमा भीषण आगलागी भएपछि बन्यजन्तुको वसोवास पनि खरानीमा परिणत भएको छ । तालको छेउमा रहेको रानी वनमा कस्तुरी, मृग, डाँफेलगायतका अन्य बन्यजन्तुहरु तथा चराचुरुङ्गीहरुको बाक्लो बसोवास गर्ने क्षेत्रकारुपमा परिचित छ । आगलागीबाट त्यस बन क्षेत्रमा बासस्थान बनाएका सबै बन्यजन्तु र चराचुरुङ्गी कति मरे ? वा कता गए ? भन्ने कुनै पत्तो नभएको निकुञ्ज कार्यालयले जनाएको छ ।

करिब ३ हजार ८ सय मिटरको उचाईमा रहेको यो ‘रिसेव बन’मा सयौँ वर्ष पहिले देखिका सुकेका काठ र स्याउला भएकाले आगो नियन्त्रणमा आउन नसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए । उनका अनुसार तालबाट भाडाकुडामा पानी ओसारेर आगो निभाउनु पर्ने भएकाले अत्यन्त जोखिम रहेको उनले बताए ।

दुई साता अघिदेखि लागेको आगोबाट करिव ८ हेक्टर बन जलेर खरानी भएको छ । सुख्खा खडेरिको बेलामा आगलागीले झनै ठूलो क्षति भएको र आगलागी हुनुको कारण खुल्न नसकेको संरक्षण अधिकृत चौधरीले नयाँ पत्रिकालाई जानकारी दिए ।

आगलागीबाट करोडौँको क्षति भएको अनुमान राष्ट्रिय निकुञ्जले गरेको छ । प्रत्येक घरका एक–एक जना स्थानीय,राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएकोे सुम्दुहा चेकपोष्टका नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जका कर्मचारीहरु आगो निभाउने कार्यमा खटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छजानकारी दिएको छ ।

गत एक महिनमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा एक दर्जन भन्दा धेरै ठाँउमा आगलागी भएको छ । आगलागीबाट जडीबुटि, बन्यजन्तु, चराचुरुङ्गी, वन गरी करोडौँको क्षति भएको स्थानीयको अनुमान छ । यस वर्ष हिमपात नभएको र सुख्खा खडेरीमा चोरी शिकार गर्नेहरुले आगो लगाएको हुन सक्ने स्थानीयको आशंका छ । तर, यता शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले भने चोरी शिकार नहुने बताउँछ ।

भौगोलिकरुपमा ठूलो क्षेत्रफल रहेको डोल्पा जिल्लामा ३ हजार ५ सय वर्ग किलोमिटर क्षेत्रफल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको छ । डोल्पा र मुगुको राविकका डोल्फु, किम्री गाविससमेत रहेको यो राष्ट्रिय निकुञ्ज उच्च हिमश्रृङखाल, ताल, लोपोउन्मुख हिउँचितुवालगायत बन्यजन्तु र जडिबुटिको प्रख्यात क्षेत्रका रुपमा परिचत छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com