हिमालयन बैंकको एक करोड सहयोग


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

काठमाडौं, ९ माघ । पाटन दरबार क्षेत्रको पुननिर्माणको लागि हिमालयन बैंक लिमिटेडले एक करोड रुपैँया रकम सहयोग गरेको छ । आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसर पारेर बैंकले पुनर्निर्माणको लागि सो रकम सहयोग गरेको हो ।

बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ तथा ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारले काठमाडौंमा आयोजित एक समारोहमा सहयोग सम्बन्धि पत्रमा हस्ताक्षर गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टमार्फत सो रकम प्रदान गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com