हजुरआमाको दाहसंस्कारका लागि जाँदा कालीगण्डकीमा बेपत्ता युवाको शव फेला


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

पाल्पा- कालीगण्डकी नदीको राम्दीबाट हराएका युवाको शव सोमबार फेला परेको छ । बिहीबार राम्दी नदीमा नुहाउने क्रममा बेपत्ता बनेका बगनासकाली गाउँपालिका–२, पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहाको शव रम्भा गाउँपालिकाको हुँगीस्थित असर्दीमा भेटिएकोे राम्दी प्रहरी चौकीले बताएको छ ।

उनी बिहीबार हजुरआमाको दाहसंस्कार गरी नुहाउने क्रममा गाहा नदीमा बेपत्ता भएका थिए ।

राम्दी प्रहरी चौकी र स्थानीय बासिन्दाले नदी आसपासको क्षेत्रमा व्यापकरुपमा खोजी कार्य गरिरहेको भएपनि फेला पार्न सकेको थिएन । मलामी गएका बेला राम्दीस्थित नदीमा बेपत्ता बनेका गाहाको मृत्युले गाउँ अझै शोकमा डुबेको छ ।

नदी किनारामा कपडा र मोबाइल राखेर नुहाउन गएका उनी हराएपछि प्रहरीलाई मलामीले खबर गरेका थिए । कालीगण्डकी नदीमा नुहाउने क्रममा बगाएर ज्यान गुमाउनेको संख्या अझै रोकिएको छैन । दाहसंस्कार गर्ने उपयुक्त क्षेत्रको अभावमा नुहाउन गएकाहरु मृत्युको मुखमा पुग्न बाध्य छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com