रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

मृत्यु माघ ८, रुपन्देही । मोटरसाइकल दुर्घटनामा परी आज रुपन्देहीमा एक युवकको मृत्यु भएको छ ।

तीव्र गतिमा मोटरसाइकल चलाएका करण रोक्न नसक्दा ट्र्याक्टरको पछाडि भागमा ठोक्किँदा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ तेनुहवाका १८ वर्षीय इन्जामूल मुसलमानको मृत्यु भएको हो ।

लुम्बिनी विकास कोष क्षेत्रको सडकखण्डको गेट नं ७ स्थित लोखरिया चोकदेखि पडरिया चोकतिर गइरहेको लु२त १०२६ नं को ट्र्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको लु५प १९४१ नको मोटरसाइकलले उछिन्न खोज्दा तीव्र गतिका कारण मोड्न नसक्दा ट्र्याक्टरको पछाडि भागमा ठोक्किन पुग्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते मुसलमानलाई उपचारका लागि भैरहवा मेडिकल कालेज लैजाने क्रममा बाटोमै मृत्यु भएको इप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले बताए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com