उपत्यकाको रेलमार्ग अध्ययनमै सीमित


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

माघ ८, काठमाडौं। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेचीमहाकाली रेलमार्गको कामले पनि गति लिन सकेको छैन । मेचीकाली विद्युतीय रेलमार्ग ९४५ किमी लम्बाइको छ ।

२५ किमीको काममध्ये ८५ प्रतिशत सकिएको विभागका प्रवक्ताले बताए। प्रतिकिमी रेलमार्ग निर्माणका लागि रु ५० करोड लाग्छ । मेची(महाकाली रेलमार्गको काम आव २०७०(२०७१ बाट शुरु भएको हो । नेपालमा सर्वप्रथम विसं १९८४ ९सन् १९२७० मा रक्सौल(अमलेखगञ्ज ४७ किमी रेलमार्ग सञ्चालनमा आएको थियो । यो रेलमार्ग त्रिभुवन राजपथ बनेपछि विसं २०२७
सन् १९७० मा यातायातमा एकाधिकार लाद्न चाहनेहरुका कारण बन्द भएको हो ।

एक वर्षपछि तयार हुने ३५ किमी रेलमार्गमा गुडाउन विभागसँग रेल छैन । पहिले सञ्चालनमा रहेको जनकपुर(जयनगरको रेल दुई फिट भएकाले अहिले बनेको साढे पाँच फिटको रेलमार्गमा चलाउन सकिँदैन । अहिले एउटा रेलको कम्तीमा पनि ५० करोडभन्दा बढी पर्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com