बम विस्फोटमा परी तीन जनाको मृत्यु, १८ घाइते


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

माघ ८, बैंकक । दक्षिणी थाइल्याण्डको एक बजार इलाकामा सोमबार भएको बम विस्फोटमा परी तीन व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटमा परी तीन व्यक्तिको मृत्यु हुनाका साथै अन्य १८ घाइते भएका स्थानीय सञ्चार माध्यमले सोमबार नै जानकारी दिएका छन् ।

प्रायः अशान्त भइरहने यस दक्षिणी थाइल्याण्डमा के कति कारणबाट र कसले यो विस्फोट गराएको हो भन्ने बारेमा प्रष्ट भएको छैन ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या पनि बढ्न सक्ने सञ्चार माध्यमको अनुमान रहेको छ । एजेन्सी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com