Follow @khasokhasmag

महानगरीय प्रहरी रानीपोखरीका असइ तीन लाख घुससहित पक्राउ


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

काठमाडौं,माघ ८ –महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असइ तीन लाख घुससहित पक्राउ परेका छन्। कन्ट्रोल शाखामा कार्यरत असई रमेश खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार बालाजु बाइपासबाट पक्राउ गरेको हो।

एक व्यक्तिको लेनदेनको कागज आफुसँग राखेर उनले बार्गेनिङ गर्दै आएका थिए। पैसा लिन भनेर बाइपासको एक होटलमा पुगेका थिए। पैसा लिएलगत्तै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो।

असइ खड्काले दुःख दिएपछि पीडितले अख्तियारलाई खबर गरी घुस दिएका थिए।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com