मुख्यमन्त्री छान्न एमाले स्थायी समितिको बैठक आज बस्दै


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

 

माघ ८, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले राष्ट्रिय सभामा सिटको भागबन्डा सकाएका छन् । भागबन्डा सकिएलगत्तै आफ्नो भागमा परेको राष्ट्रिय सभा सदस्यहरुको टुङ्गो लगाउन एमालेले आज स्थायी समितिको बैठक बोलाएको छ ।

आज अपरान्ह एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा स्थायी समिति बैठक बस्ने भएको हो। ४३ सिट जित्ने अपेक्षा गरेका वामगठबन्धनबाट एमालेको भागमा परेको तिनै २८ सिटमा कसकसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा आजको बैठकले निर्णय गर्ने एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार बैठक मूलत राष्ट्रिय सभाका उम्मेदवार टुङ्ग्याउनका लागि भनिए पनि बैठकमा मुख्यमन्त्री चयनबारे छलफल हुनेछ ।

सात प्रदेशमध्ये वाम गठबन्धनबाट नेकपा एमालेले ४ वटा प्रदेशमा मुख्यमन्त्रीका लागि उम्मेदवारी दर्ता गर्ने भएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com