नेपालको भूमि भारतले मिचेको छैन- सरकार


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

सरकारले वीरगन्ज महानगरपालिकाको र्सिसिया क्षेत्रमा नेपालको भूभाग नमिचिएको बताएको छ। नापी विभागले भारत सरकारले ५० विघा नेपालीको जमिन मिचेको भन्ने चर्चाको खण्डन गरेको हो।

नापी विभागले एक विज्ञप्ति जारी गर्दै २०४५ पछि स्थिर सीमा सिद्धान्त अपनाउने क्रममा केही भूभाग भारततिर र भारतीय भूभाग नेपालतर्फ पर्न गएको मात्र हुनसक्ने दाबी गरेको छ।

भारतसँगको दशगजा क्षेत्रमा हराएका तथा पुराना क्षतिग्रस्त पिलरको मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिका(१ छपकैयाका १२ स्थानीयको ३० बिघा भन्दा धेरै नम्बरी जग्गा भारतमा पुगेपछि चर्को विरोध भइरहेका बेला नापीको यस्तो स्पष्टिकरण आएको हो ।

विभागले जंगे पिल्लरसहित अन्य साना पिल्लर मर्मत तथा निर्माणका क्रममा नेपालीको ३० बिघा भन्दा धेरै जमिन भारतमा परेको कुराको खण्डन गर्दै दुवैतर्फको भूमि एकअर्कातर्फ पर्न गएको जिकिर गरेको हो ।

‘२०४५ सालपछि स्थिर सीमा सिद्धान्त अपनाउने क्रममा केही भूभाग भारततिर पर्न गएको हुन सक्छु, विभागले विज्ञप्तीमा भनेको छ,’ यस क्रममा केही भारतीय भूमि नेपालतर्फ पनि पर्न गएको हुनसक्छ । तर भारततर्फ नेपालको धेरै भूमि गएको कुरा गलत हो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com