टेक्सासमा लुटेराको गोली प्रहारबाट ३५ बर्षका मनिष पाण्डेको मृत्यु


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

टेक्सासको एउटा ग्यास स्टेशनमा लुटेराको गोली प्रहारबाट एकजना नेपालीको मृत्यु भएको छ । डलासको गारल्याण्डमा रहेको एक्सोन ग्यास स्टेशनमा लुटेराको गोली प्रहारबाट ३५ बर्षका मनिष पाण्डेको मृत्यु डलास न्युजले जनाएको छ ।

पाण्डेले स्टेशनमा क्लर्कको काम गर्दै आएका थिए । शनिबार राती मध्यरात हुनै लाग्दा लुटेराहरु प्रवेश गरेका थिए । लुटेराले स्टोरमा प्रवेश गरेर पाण्डेलाई गोली हाने लगत्तै एकजना पैदलयात्रीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी अधिकारीहरुले स्टोरमा रहेको क्यामेरा हेर्दा लुटेराहरु स्टोरमा प्रवेश गरेर लुट्न खोजेको र क्लर्कले लुटेराको प्रतिवाद गर्न खोज्दा गोली हानेको देखिएको छ । लुटेराहरु दुईजना अश्वेतहरु रहेको दुबैले हुडी लगाएको प्रहरीले जनाएको छ । एकजना लुटेरा ६ फिट र अर्को ५ दशमलव ९ इन्च अग्लो रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ । ग्याँस स्टेसनमा कार्यरत मृतक नेपाली केही महिना अघिमात्र नेपालबाट आएका थिए । ग्याँस स्टेशनका मालिक र मृतकबीच पारिवारिक संबन्ध रहेको जनाइएको छ ।

कृष्ण पन्तले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए । मृतककी पत्नी गर्भवती छिन् ।  ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com