नवराज सिलवाललाई खोज्न १ सय ६५ जना प्रहरी परिचानल


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

काठमाडौँ , ७ माघ । एमाले सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई सर्च गर्न महानगरीय प्रहरी कार्यालयले आईतबार १ सय ६५ जना प्रहरी परिचालन गरेको छ ।

आईतबार बिहान सिलवाललाई सर्च गर्न डिएसपी नहकुल पोखरेलको कमाण्डमा १६५ जनाको प्रहरी फौज भट्टेडाँडा पुगेको बताइएको छ ।

सिलवाललाई खोज्न प्रहरी टोली भट्टेडाँडा पुगेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरले भने, ‘सर्च गर्न पठाएका थियौं, तर फेला नपरेपछि टोली फर्किसकेको छ ।’

आईतबार बिहान महानगरीय प्रहरी कार्यालयका डिएसपी पोखरेलको कमाण्डमा १५० जनाको फौज भट्टेडाँडा पुगेको थियो । त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरले थप १५ जनाको थप सपोर्ट फोर्स पठाएको एसएसपी ऐरले जानकारी दिए । सिलवाल भट्टेडाँडामा फेला नपरेपछि जम्बो संख्यामा पुगेको प्रहरी टोली खाली हात फिर्ता भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com