दीपक मनाङे उपस्थित भएनन्, शपथ ग्रहणमा


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

माघ ७, काठमाडौं । मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे भनेर चिनिने राजिव गुरुङ आइतबार भएको शपथ ग्रहणमा उपस्थित भएनन् ।

पोखरामा भएको ४ नम्बर प्रदेशका सांसदको शपथ ग्रहण भएकोमा मनाङे उपस्थित नभएका हुन् ।
अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले शपथ समारोहमा भाग लिन पत्र पठाएको थियो । तर उनी सपभ ग्रहण समारोहमा उपस्थित भएनन् ।

मनाङेसहितका पाँच जनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको र प्रहरीले पक्राउ पूर्जी जारी गरेर उनलाई खोजिरहेको छ । शपथ ग्रहणमा जाँदा समारोहबाटै प्रहरीले पक्राउ गर्न सक्ने भएकाले उनी सपथ ग्रहण गर्न समेत नगएका हुन् ।

नैतिक पतन भएका फौजदारी मुद्दामा दोषी ठहर भएका व्यक्तिले सांसद बन्न नपाउने नेपालको संविधानमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com