सपथका लागि सेनाको हेलिकोप्टरमार्फत पुगे सांसद


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

काठमाडौं, ७ माघ । प्रदेशसभा सदस्यलाई सपथ गराउनका लागि सुर्खेतमा सम्पूर्ण तयारी पूरा भएको छ । ६ नम्बर प्रदेशका प्रत्यक्ष एवम समानुपातिक सांसदले आज ११ बजे आइतबार सपथ लिँदैछन । प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश सांसदका लागि जिल्ला समन्वय समितिको सभा हलमा सपथ खुवाउने तयारी गरिएको छ ।


प्रदेश प्रमुखको कार्यालयका कर्मचारी गंगाप्रसाद न्यौपानेका अनुसार प्रदेश सांसदको सपथअघि विहान १० बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । ‘विहान १० बजे क्षेत्रीय वन तालिम केन्द्रमा प्रदेश प्रमुखले पदभार ग्रहण गर्नुहुनेछ’ न्यौपानेले भने, ‘त्यसपछि ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश सांसदको सपथको कार्यक्रम राखेका छौं।’

प्रदेश प्रमुखले पदभार ग्रहण गरेपछि निर्वाचन आयोगले मतपरिणाम सहितको प्रतिवेदन बुझाउने छ । त्यसपछि प्रदेश प्रमुखले प्रदेशसभाका सदस्यलाई सपथ खुवाउन कार्यक्रम रहेका छ ।

६ नम्बर प्रदेशका ४० सांसद मध्ये २७ जना शनिबार दिनभर हवाई उडान नहुँदा उनीहरु सुर्खेत जान पाएनन् । आज आइतबार विहान ११ बजेका लागि प्रदेश सांसदका लागि सपथग्रहणको समय निर्धारण गरिएको छ । हवाइजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत आइपुग्न सम्भव नभएपछि काठमाडौंमा रहेका सांसदहरुलाई सपथका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सपथ ग्रहण कार्यक्रमा पुगेका छन् । ‘शनिबार काठमाडौं–नेपालगञ्ज कुनै पनि उडान नहुँदा २७ जना प्रदेशसभाका सांसदहरु काठमाडौंमै हुनुहुन्र्थो’ क्षेत्रीय प्रशासक सुरेश प्रधानले भने, ‘ आजआइतबार विहान नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत उहाँहरुलाई सुर्खेत ल्याई सकेका छौ ।’ निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा काठमाडौंमा रहेका सांसदलाई सुर्खेत लैजाने व्यवस्था गरिएको हो । ‘विहान १० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरु सुर्खेत पुगिसकेका छन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com