सालझन्डीमा सर्पदंश उपचार केन्द्र बन्दै


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

माघ ७, रुपन्देही– रुपन्देहीको सैनामैना नगरपालिका वडा ११ सालझन्डीमा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र बन्ने भएको छ। १ करोड १० लाखको लगानीमा उक्त केन्द्र बन्न लागेको हो।

सालझन्डीका स्थानीयहरुको पहलमा रकम संकलन तथा सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिको आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट अस्पतालको भवन निर्माण कार्य सुरु भएको छ।

भवन निमार्णका लागि सालझन्डीको महायज्ञबाट ६८ लाख, सैनामैना नगरपालिकाबाट २० लाख, कञ्चन गाउँपालिकाबाट, ५ लाख र गैडबवा गाउँपालिकाबाट २ लाख ५० हजार रुपैयाँ संकलन भएको छ। यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी अस्पतालको भवन बनाउन सुरु भएको सैनामैना नगरपालिका ११ का वडाध्यक्ष सुनिल मरासिनीले बताए।

प्रदेश ५ का अन्य जिल्लामा सर्पदंशको उपचार केन्द्र नभएकाले यस क्षेत्रका बिरामी लाभान्वित हुने सैनामैनामैना नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाल भन्डारीले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com