एकै जिल्लामा चिसोबाट मर्नेको संख्या २४ पुग्यो


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

रौतहटमा चिसोले मर्नेको संख्या २४ पुगेको छ । चिसोकै कारण ज्यान गएको भनेर आफन्तले प्रहरीमा दर्ता गरेका मृतकको संख्या २४ पुगेको हो । तर, रौतहटका उपरीक्षक यज्ञविनोद पोखरेलले प्रहरीमा दर्ता भएका सबैको मृत्यु जाडोकै कारणले भएको निश्चित नभएको बताए ।

पोस्टमार्टम रिपोर्टपछि मात्र जाडोबाट या अन्य कारणले मृत्यु भएको यकिन हुने उनको भनाइ छ । चिसोले मृत्यु हुनेको परिवारलाई राज्यले एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सरकारी राहतका लागि पनि कालगतिले मरेकालाई चिसोले ज्यान गएको भनेर दर्ता गर्ने क्रम बढेको हुन सक्ने स्थानीय प्रशासनको आशंका छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालयमा मृतकको नाम दर्ता गराउन आउनेको संख्या बढ्न थालेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com