राष्ट्रपति ट्रम्पबिरुद्ध अमेरिकाभर प्रदर्शन


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन गरिएको छ । डोनाल्ड ट्रम्पको राष्ट्रपतीय कार्यकालको पहिलो बर्ष पूरा भएको अवशरमा ट्रम्पबिरुद्ध प्रदर्शनहरु गरिएका हुन् । महिला मार्चका रुपमा गत बर्ष ट्रम्पले कार्यभार सम्हालेको दिनमा पनि अमेरिकाभर प्रदर्शनहरु भएका थिए । त्यसैको निरन्तरताकारुपमा कार्यभारको पहिलो बार्षिकीमा पनि प्रदर्शनहरु गरिएका छन् ।

न्युयोर्क, वासिंटन डिसी, लस एन्जलस, शिकागो लगायतका स्थानमा भएका प्रदर्शनहरुमा सहभागीहरुले ट्रम्पबिरोधी प्लेकार्डहरु बोकेका थिए । शियाटलमा उत्रिएका हजारौं प्रदर्शनकारीहरुमध्ये कैयनले टाउकोमा गुलाबी टोपीहरु लगाएका थिए भने कैयन वण्डर वुमनको पहिरनमा देखिएका थिए । ट्रम्पको मार ए लगो रिसोर्टको नजिकपनि प्रदर्शन गरिएको थियो ।

वासिंटन डिसीमा भएको प्रदर्शनमा सहभागीहरुले गतबर्षको प्रदर्शन मलामीजस्तो भएको र यसपटकको प्रदर्शन वास्तविक विरोध प्रदर्शन रहेको बताएका छन् । गतबर्षको प्रदर्शनमा शोकमग्न अवस्था रहेको र यसबर्षको प्रदर्शनमा आक्रोश रहेको सहभागीहरुले बताएका हुन् ।

लस एन्जलसको प्रदर्शनमा ५ लाख जना सडकमा उत्रिएको जनाइएको छ । लस एन्जलसको प्रदर्शनमा कैयन सेलिब्रेटीहरुले समेत मन्तब्य दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com