ट्रम्पले पदभार ग्रहण गरेको बार्षिकीमा ‘सटडाउन’को उपहार


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यभारको पहिलो बार्षिकीमा आज एकाबिहानै ट्वीट गरेर आफ्नो कार्यकालको बार्षिकीमा डेमोक्र्याटहरुले राम्रो उपहार दिन चाहेको भन्दै आलोचना गरेका छन् । ट्रम्पले कार्यभार सम्हालेको पहिलो बार्षिकीकै दिनमा अमेरिकी सरकार सटडाउन भएपछि ट्रम्पले यस्तो ट्वीट गरेका हुन् ।

ट्वीटमा उनले भनेका छन् – ‘यो मेरो राष्ट्रपतीय कार्यकालका रुपमा एक बर्षे बार्षिकोत्सव हो । र डेमोक्र्याटहरुले मलाई राम्रो उपहार दिन चाहे ।’

ट्रम्पले ४५ मिनेटको अन्तरमा आज विहानै ४ वटा ट्वीट गरेका थिए । जसमा उनले अमेरिकी सरकार सटडाउनका लागि डेमोक्र्याटहरुलाई आरोप लगाएका छन् । डेमोक्र्याटहरु सिमा सुरक्षाका विषयमा भन्दा कागजपत्रविहिन आप्रवासीहरुका विषयमा बढी चिन्तित रहेको ट्रम्पले आरोप लगाएका छन् ।

अमेरिकी सरकार सटडाउन शुक्रबार मध्यरातीबाट सुरु भएको छ । ह्वाइट हाउस र संसदमा दुबैमा रिपब्लिकन पकड रहेको अवस्थामा समेत अमेरिकी सरकार सटडाउन भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com