पर्स चोरी भएपछि महिलाले गरिन् आत्महत्याको प्रयास, के थियो पर्समा ?


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

आफ्नो पर्स चोरी भएपछि एक महिलाले गुडिरहेको बसअगाडि हाम्फालेर आत्महत्याको प्रयास गरेकी छिन् । बस चालकको सुझबुझका कारण महिलाको ज्यान बचेको छ ।आफ्ना श्रीमानको उपचारको लागि अस्पताल आएकी ती महिलाको पर्समा ५० हजार भारतीय रुपैयाँ रहेको बताइएको छ ।

पर्स चोरी भएपछि ती महिलासँग एक पैसा पनि बाँकी रहेन । पैसा बाँकी नरहेपछि उपचार गराउन र घर फर्कन समेत नसक्ने स्थिति आयो । पैसा चोरी भएपछि निकै तनावमा रहेकी ती महिलाले आत्महत्याको प्रयास गरेको बताएकी छिन् ।सरिता नाम गरेकी ती महिलाको एक वर्ष अगाडि भारतको लखनउको पीजीआए (पोस्टग्रयाजुएट एन्ष्टिच्युट) मा अपरेशन भएको थियो । यही सिलसिलामा जाँच गराउन उनी पुनः सोही अस्पताल आएकी थिइन् ।

घटनाको जानकारीपछि आएका प्रहरीले यो जानकारी आफ्ना एसएसपी दीपक कुमारलाई दिए ।दीपक कुमारले तत्कालै यसबारे पीजीआइ इन्स्पेक्टर अरुण कुमारलाई फोन गरेर पीडित दम्पत्तिलाई सहयोग गर्न आग्रह गरे । अस्पतालले यसपटकको जाँच निःशुल्क गरिदिएको छ । अरुण कुमारले दम्पतिलाई १० हजार रुपैयाँ सहयोग समेत गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com