आमाको काख बाटै खोसेर मधुलाई बाघले आक्रमण गरेयो


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क वडा नं. २ कुर निबासी बर्ष ४ कि मधु दमासेको छोरी परि दमासे लाई आज साँझ बाघले आक्रमण गरेको छ ।हजुर आमाले मेलाबाट काखमा बोकेर ल्याएको बखत ढुकेर बसेको बाघले एक्कासि आक्रमण गरेको थियो ।

बालिकाको घाँटिमा गहिरो चोट लागेको छ । सो बच्चालाई ढेढ बर्ष पहिले पनि आक्रमण गरि गम्भीर घाइते बनाएको थियो । निजको उपचार पछि निको भएको थियो मावलि घर बसेकी निजबालिका को उमेर साढे चार बर्ष भएको बुझिएको छ ।घाँटिमा नग्रा गाडेको र अत्यधिक रगत बगेकोले बालिकाको अवस्था अलि गम्भीर भएको जिल्ला अस्पतालका डाक्टर ले बताउनु भएको छ ।

तर समयमै अस्पताल पुर्याउन सकिए स्वास्थ्यमा सुधार पनि हुनसक्ने डाक्टरको भनाई छ । बालिकाको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको निम्ति मेडिकल कलेज भैरहवा पठाइएको छ । आशा एबं बिश्वास गरौ बालिकाको स्वास्थ्यमा अप्रत्याशित सुधार हुने छ ।यहि कामना गरौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com