दाङमा अनिश्चितकालीन आमहड्तालले जनजीवन कष्टकर


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

माघ ६, दाङ । प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।

आमहड्तालका कारण आज पनि यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना ठप्प भएका छन् । जिल्लाका मुख्य बजार र सडकमा बिहानदेखिनै प्रदर्शन भइरहेका छन् ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिले आह्वान गरेको आन्दोलनको नेतृत्व विभिन्न राजनीतिक दलका नेताहरुले नै लिएका छन् ।

केन्द्रका नेताहरुले पहलकदमी लिन नसकेको भन्दै जिल्लाका राजनीतिक दल एकजुट भएर आन्दोलनमा होमिएका हुन् ।

समितिले आन्दोलनलाई राजमार्ग केन्द्रित बनाएको छ । अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङखण्ड ठप्प भएको छ भने जिल्लाका अन्य शहरबाट विभिन्न ठाउँमा जाने गाडीसमेत चल्न सकेका छैनन् ।

अस्थायी मुकाम दाङलाई बनाउने काममा पहलकदमी गर्न नसकेको भन्दै आन्दोलनकारी नेताहरुप्रति आक्रोशित भएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com