तीन घण्टा ओली -प्रचण्ड वार्ता, के के भयो सहमति ?


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

काठमाडौं ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच ३ घण्टा लामो छलफल भएको छ । ओली निवास बालकोटमा दिउसो १ देखि ४ बजेसम्म पार्टी एकता लगायतका विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

अधिकारीका अनुसार पहिलो –कार्यदलले राष्ट्रियसभा गठनका विषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको छ ।

दोस्रो – प्रदेश सरकार गठनका विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको छ । तेस्रो –पार्टी एकताका विषयमा छलफल भएको छ । दुई अध्यक्षले राष्ट्रिय सभाका उमेदबारको नामावली अन्तिम रुप दिने सहमति गरेका छन् ।

आजको छलफलले माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com