दोलखामा केन्द्रविन्दु भई भूकम्पको धक्का महसुस


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

 

माघ ५, दोलखा । दोलखामा भूकम्प गएको छ । दोलखाको बोचा र सुस्पा क्षमावतीको मध्यभागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्पको परकम्प गएको हो । बिहान ८ः३८ बजे गएको परकम्पले दोलखावासीमा त्रास छाएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो ।

केन्द्रले २०७२ सालको गोरखाको बारपाक केन्द्रबिन्दू भएर गएको गोरखा भूकम्पकै यो परकम्प भएको जनाएको छ ।

पछिल्लो पटक एक महिनाअघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको परकम्प गएको थियो ।

अहिलेसम्म ४ रेक्टर स्केलदेखि माथिका गोरखा भूकम्पका ४८९ वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com