बाग्लुङबाट यो वर्ष ९ करोड रुपैँयाभन्दा बढीको सुन्तला निर्यात


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

माघ ४, बागलुङ । अनुकूल मौसम तथा बगैँचाको व्यवस्थापनका कारण यस वर्ष सुन्तला उत्पादन बढेपछि बाग्लुङका कृषकहरुले ९ करोड रुपैँया भन्दा बढीको सुन्तला निर्यात गरेका छन् ।

जिल्लाका विभिन्न गाविसका किसानहरुले उत्पादन गरेको सुन्तला चितवन, नारायणगढ, पोखरा, गुल्मी, बुटवल, धादिङलगायतका जिल्लामा निर्यात गरिएको छ ।

पहिलो चरणमा प्रति केजी ४० देखि ५० रुपैँया सम्ममा बिक्री गरे पनि पछिल्लो समय कृषकले एक सय २० रुपैँयासम्म बिक्री वितरण गर्दै आएका छन् । यसरी सुन्तला खेती गर्दै आएका बागलुङका १२ सय घरधुरी लाभान्वित भएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।

कार्यालयका अनुसार बागलुङमा ११ हजार ९ सय ४० रोपनी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ भने कुल क्षेत्रफलको ४ हजार ८ सय रोपनी क्षेत्रफल उत्पादनशिल छ । यस वर्ष करिब १० प्रतिशतले वृद्धि भएर उक्त क्षेत्रफलमा ३ हजार ५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताइएको छ ।

कुल उत्पादनको ७० प्रतिशत जिल्ला बाहिर निकासी भएको छ भने ३० प्रतिशत मात्रै आन्तरिक उपभोग गरिएको कार्यालयका प्रचार प्रसार अधिकृत विप्लब अधिकारीले बताए ।

Image result for सुन्तला

 

यसपटक बागलुङमा एउटै घरबाट न्यूनतम ५० हजारदेखि ५ लाखसम्मको बिक्री भएको छ । गत वर्ष जिल्लामा ९ हजार ९ सय ४० रोपनी क्षेत्रफलमा २ हजार ९ सय ९६ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङकमा छ ।

यस वर्ष उत्पादित सुन्तला विभिन्न जिल्लाका व्यवसायीहरुले बगैँचामै पुगेर खरिद गरेको कृषकहरु बताउछन् । सुन्तालका लागि बागलुङको भकुण्डे, बिहुँ जैदी, छिस्ती, हरिचौर, दमेक नरेठाँटी लगाएतका झण्डै २ दर्जन ठाउँहरु पकेट क्षेत्र मानिन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com