पतिसँग मिलापत्र गराउने बहानामा आफन्तले नै गरे बलात्कार र हत्या गर्ने प्रयास


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

भारतको बिहार राज्यमा एक महिलालाई ज्यान मार्ने कोसिस गरेको घटना बाहिरिएको छ।

पीडित महिलाको वर्षौदेखि आफ्नो श्रीमानसँग झगडा हुने गर्दथ्यो। त्यसपछि पिडित महिलाको आफन्त पर्ने अशेश्वर यादवले पतिसँग राम्रो सम्बन्ध बनाईदिन्छु भन्दै आश्वासन दिदै आफु कहाँ बोलाएका थिए । उनले पिडित महिलालाई जंगलमा लिएर बलत्कार गरि ज्यान मार्ने उदेश्यले नदीमा फ्याकिदिए। यो घटना सोमबार भएको थियो।

पिडित महिलाको बयान अनुसार उनले नदीमा पौडन जानेकै कारण उनि बाच्न सफल भएकी थिइन्।

उनि पौडेर नदि किनारामा निस्कदै गर्दा फेरी आरोपी युवकले उनलाई कुटपिट गरि अर्धनग्न अवस्थामा उनलाई बाढीको भेलमा बगाईदिएका थिए। त्यसपछि पिडित महिलाले आफुलाई बचाउन गुहार माग्दा उनको आवाज सुनेर माझीहरु आएर बचाएका थिए। माझीकी पत्नीले आफ्नो कपडा ल्याएर पिडित महिलालाई लगाई दिएर र उनीहरुले प्रहरीलाई खबर गरे। खबर पाउनासाथ प्रहरीले आरोपीलाई पक्राउ गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com