सरकारको शिक्षण अस्पताललाई १० करोड दिने निर्णय, आईओएमको डीनमा अग्रवाल नै


प्रकाशित मिति : माघ ३, २०७४ बुधबार

माघ ३, काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग भएको पाँचबुँदे सहमति कार्यान्वय गर्ने निर्णय गरेको छ ।

१४ औं अनसन तोडाउने क्रममा सरकारले डा. केसीसँग सहमति गरेको थियो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले त्यसलाई अनुमोदन गरेको हो ।

बैठकले त्रिवि शिक्षण अस्पतालको सुधारका लागि १० करोड दिने निर्णय गरेको छ । साथै आईओएमको डीनमा जेपी अग्रवाललाई नै निरन्तरतालाई दिन सम्वन्धित निकायलाई निर्देशन दिएको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

साथै लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ । समितिमा डा. दिव्या साह र मन्त्रिपरिषद्का शिक्षा हेर्ने सचिव खगराज बराल छन् ।

बैतडीका मिनबहादुर चन्द, टिमुरबोटे काण्डका नरनाथ कटेल र मित्र कटुवाल, कीर्तिपुरका सञ्जय सिंह र सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटालाई पनि सहिद घोषणा गरेको छ । यसमा अझै केही थपिने बस्नेतले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com