एमाले–माओवादी भागबण्डा मिल्यो, कसलाई कति सिट ?


प्रकाशित मिति : माघ ३, २०७४ बुधबार

 

 

माघ ३, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकले राष्ट्रिय सभाका ५६ सदस्यमध्ये ४३ सिटमामात्र उम्मेदवारी दिने निर्णय गरेको छ ।

बैठकले एमाले–माओवादी केन्द्रले पाउने सिट संख्यासमेत बाँडफाँट गरेको छ । निर्वाचत हुने राष्ट्रिय सभाका ५६ स्थानमध्ये उनीहरुले ४३ सदस्यका लागि मात्र उम्मेदवारी दिने निर्णय भएपछि एमालेले २९ स्थान र माओवादी केन्द्रको भागमा १४ परेको छ। ४३ सिटमा हामीले जित्ने पक्का भएकाले त्यसमा उम्मेदवारी दिने तयारी गरेको एमाले नेता सुरेन्द्र पाण्डेले बताए ।

राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा निर्णय गर्न बनेको संयुक्त कार्यदलले यो निर्णय गरेको हो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com