शालीमार ज्वेलर्सका सञ्चालक ३३ किलो सुन काण्डमा पक्राउ


प्रकाशित मिति : माघ २, २०७४ मंगलबार

 

माघ २, काठमाडौंको विशालबजारमा रहेको शालीमार ज्वेलर्सका सञ्चालक सुन तस्करीको अभियोगमा पक्राउ परेका छन् ।

भारत राजस्थानका राहुल गोयललाई सिआइबीले पक्राउ गरेको हो । एक वर्ष अघि पुस २० गते दुवईबाट आएको ३३ किलो सुनमा उनको सम्लग्नता देखिएको प्रहरीले जनाएको छ।

दुबईबाट गोपालबहादुर शाहीले एअर अरेबियाको उडानबाट ल्याउँदै गरेको सुनसहितको ‘लगेज’ र सो लिन गएका दिलबन्धु थापा र सन्तोष काफ्ले पक्राउ परेका थिए।

सुन समातिएपछि प्रहरीले पत्रकार सम्मेलन गरेर ३१ जनाको नाम सार्वजनिक गरेको थियो ।

साढे ३३ किलो सुन काण्ड एसएसपी खत्री २ लाख धरौटी बुझाएर रिहा

त्यसबेला पक्राउ परेका १२ जनालाई सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा अनुसन्धान कार्य सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

सुन तस्करीको मुख्य अभियुक्त काभ्रेका हरिशरण खड्का रहेको र उनी नै यो सुनको मालिक रहेको प्रहरीले जनाएको छ । यसैगरी दुबईमा बस्ने रोशन भनिने गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेल अभियुक्त रहेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com