जन्म दिने र कर्म दिने आमा को नामको पुरस्कार


प्रकाशित मिति : माघ २, २०७४ मंगलबार

–महिला खबर–

दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना गरेको साहित्यिक पुरस्कारबाट दुई साहित्यकारहरू सम्मानित भएका छन् ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले स्थापना गरेको बिष्णुलक्ष्मी साहित्यिक सम्मान २०७४ बाट पत्रकार एवम् साहित्यकार भोजराज न्यौपाने सम्मानित भएका छन् भने तुलसीमाया रेडियो साहित्य पुरस्कार २०७४ बाट दोलखाबाट प्रशारण हुने हाम्रो रेडियोको प्रस्तोता लक्ष्मी बस्नेत सम्मानित भएकी छन् ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संस्थापक चिरञ्जीवी मास्केले आफूलाई कर्मदिने आमा बिष्णुलक्ष्मी श्रेष्ठको नाममा बिष्णुलक्ष्मी साहित्यिक सम्मान र जन्म दिने आमा तुलसीमाया मास्केको नाममा तुलसीमाया रेडियो साहित्य पुरस्कार स्थापना गरि २०६९ सालदेखि हरेक वर्ष साहित्यिक क्षेत्रमा योगदान पु¥याउने साहित्यकार तथा पत्रकारलाई पुरस्कृत गर्दै आएका छन् ।

सोमवार आयोजना भएको पुरस्कार वितरण कार्यक्रममा पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले सम्मानित साहित्यकार तथा पत्रकारलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे । सो अवसरमा पूर्व पर्यटन मन्त्री पोखरेलले हरेक मानिसले अभिभावक र जेष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताए

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com