खाने पानीको निहुँमा वृद्धा महिलामाथि कुटपिट


प्रकाशित मिति : माघ १, २०७४ सोमबार

माघ १, रामेछाप । मन्थली नगरपालिका ११ गेलुकी ६७ वर्षीया लिलामाया बुढाथोकीलाई खानेपानीका निहुँमा स्थानीयले कुटपिट गरेका छन् ।

शनिवार खानेपानीको लाइनमा पाइप काटिएर लामो समयसम्म कायम रहेको विवादका विषयमा उपभोक्ता समितिसंग छलफल भइरहा पानीको निहुँमा गाउँका महिला र पुरुषहरुले बुढाथोकीलाई कुटपिट गरेका थिए ।

उनीको तामाकोशी सहकारी अस्पतालमा उपचारका भैरहेको छ । गएको जेठमा बुढाथोकीले खाँदै आएको पानीको पाइप लाइन काटिपछि उक्त स्थानमा स्थानीय र बुढाथोकीबिच विवाद उत्पन्न भएको थियो ।

जेठमा पाइप काटेको विषयमा जिल्ला प्रहरी कार्यालयमा बुढाथोकी परिवार उजुरी गरेका थिए । पीडित महिलाका छोरा अर्जुन बहादुर बुढाथोकीले आइतबार साँझ आमा लिलामायालाई केही स्थानीयले कुटपिटको गरेको बताएका थिए ।

पानी काटेपछि आफूले खाँदै आएको पानी खान पाउनु पर्ने माग गर्दै सम्बन्धित कार्यालयहरु जाँदा र वडाध्यक्षलाई समेत पटक पटक भन्दा पनि सुुनुवाइ हुन नसकेको बुढाथोकीले बताए । ‘सोही विवादका विषयमा उपभोक्ताहरुलाई छलफलका लागि बोलाइएको भेलामा म गए विवाद हुन सक्छ भन्ने लागेर मैले आमालाई बैठकमा पठाएको थिए । तर आमा माथि नै अस्पताल नै भर्ना गर्नुपर्ने गरी कुटपिट गरेछन्’ बुढाथोकीले भने ।

नाटिला खानेपानी उपभोक्ता समितिको बैठकमा अध्यक्ष सानु बोहोराले धारा काटिएको विषयमा छलफल चलिरहँदा स्थानीय मिठु थापा मगर, यम कुमारी थापामगर,सरोज थापामगर र सन्तोष थापामगरले आफु माथि कुटपिट गरेको लिलामायाले बताइन ।

वडाध्यक्ष भिम बहादुर थापा मगरले बुढाथोकी परिवारलाई एकलौटि धारा चाहिएको र त्यो दिन नसकिने भएपछि धारा काटिएको बताए ।
पीडित पक्षले आइतबार ६ जनाका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दर्ता गराएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com