Follow @khasokhasmag

माइक्रो बस दुर्घटनामा एक जनाको मृत्यु, १० घाइते


प्रकाशित मिति : माघ १, २०७४ सोमबार

माघ १, दाङ । दाङको घोराही तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने १० जना घाइते भएका छन्। सोमबार बिहान बा ३ ख ९५२१ नम्बरको माइक्रोबस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबहादुर गिरीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। घाइतेमध्ये चारजना गम्भीर रहेको र उनीहरुलाई बाँके अस्पतालमा पठाइएको र अन्य छजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com