​संखुवासभा जीप दुर्घटना : मकालु गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ गएको जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार भोटखोला खोला गाउँपालिका ३ मा पर्नेे सामाटार भन्ने स्थानमा जीप दुर्घटना भएको हो । दुर्घटनामा आइतबार दिउँसो १२ बजे भएको थियो । पाथीभरा हेदांनाकाुसुरेश राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्प पुनर्निर्माण प्राधिकरणका कर्मचारीसहित गएको टोली दुर्घटनामा परेको हो ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । गाडी कसरी दुर्घटना भयो भन्ने विषयमा जानकारी आएको छैन । मृत्यु हुने अन्य ४ जनाको सनाखत नभएको प्रजिअ जोशीले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com