४५ करोड डलरको चिठ्ठा जितेपछि २० वर्षका साहन मिस्लरले पहिले भगवानलाई नै सम्झे


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

एक साता अघि ४५ करोड १० लाख डलर बराबरको मेगा मिलियन ज्याकपट जितेर असम्भवलाई सम्भव बनाउने फ्लोरिडाका २० वर्षीय साहन मिल्सर भन्छन् केही पैसा मानवकल्याणका लागि पनि खर्च गर्छु । उनले यो पुरस्कार पर्ने बित्तिकै २० वर्षकै उमेरमा कामबाट भने अवकाश लिएका छन् ।

अघिल्लो शनिवार साइनले किनेको मेगामिलनका ५ अंक मात्र त मिल्यो नै अन्तिम बल निकाल्दा मेगा नम्बरपनि मिलेपछि उनी एकै पटक करोडपति हुन हुन पुगे । जीवन सुरु गर्दानै उनलाई भाग्यले ठुलो धनराशिको मालिक वनाईदियो ।

चिठ्ठा परेपछि के गरे त ? पहिला त उनले भगवानलाई नै सम्झे । ओ माई गड (ओहो भगवान्) चिठ्ठा पर्ने बित्तिकै उनले फेसबुकमा लेखे । यो मेगामिलियन ज्याकपटको पुरस्कार राशि अहिलेसम्मकै चौथो ठुलो थियो । कयौँ पटक खुल्दा नपरेपछि पुरस्कार राशि बढिरहेको थियो ।

उनले कित्तावन्दीमा होइन एक पटक २८ करोड १२ लाख डलर (करिब २९ अर्ब नेपाली रुपैंया) एकैपटक लिने निर्णय गर्दै पुरस्कार दाबी गरेका छन् । एकैपटक करोडपति भएको सहनको योजना भने ठुला छैनन् फ्लोरिडाको महँगो ठाउँ टेम्पामा घर किन्ने, आवश्यकता भएकालाई सहयोग गर्ने इच्छा उनले फ्लोरिडा लटरीलाई बताए ।

म २० वर्षको भएँ मेरो जीवन यात्रा बल्ल सुरु हुदैंछ, जीवन निकै सुन्दर छ र आफ्नो इच्छामा बांच्नुपर्छ उनले आफ्नो विज्ञप्तिमा लेखेका छन् मेरो इच्छा परिवारको हेरविचार, केही रमाइलो गरी जीवन बिताउने छ ।

उनले पुरष्रकार जितेपछि जागिर खानेको विगत ब्याकराइट चेक गर्ने स्थानमा गर्दै आएको काम छाडेका थिए । बिहान कफीको समयमा आफूले यति ठुलो राशिको पुरस्कार जितेको आफ्नो बाबुलाई सुनाएका थिए ।

सकारात्मक सोचलाई कहीँ कसैले पनि कम आंकलन गर्न मिल्दैन चिठ्ठा परेपछि उनले टिवटरमा लेखेका छन् ।

साभार-हिमालयखबरबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com