कक्षा ११ मा तपाईंको कुन ग्रेड आयो? कति नम्बर आउँदा कुन ग्रेड? कुन ग्रेड आए ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाउने?


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

काठमाडौं – कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार बेलुकी ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको हो ।बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार विद्यार्थीले आफ्नो सिम्बोल नम्बरबाट आफ्नो कुन विषयमा कुन ग्रेड आयो ? भन्ने मात्रै थाहा पाउने छन्।

९० देखि एक सयसम्म ल्याउनेको बिषय ग्रे ए प्लस हुन्छ। त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको हुन्छ।

विद्यार्थीले कुनै एक विषयमा डी प्लस वा डि भन्दा कम ग्रेड ल्याएको रहेछ भने माघ २७ गते हुने ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाउने बोर्ड अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले जानकारी दिए । पौडेलका अनुसार ७४ जनाको परीक्षा रद्ध भएको छ भने १ जनाको स्थगित गरिएको छ ।

११ को परीक्षामा विद्यार्थीको विषयगत रुपमा ग्रेड छुट्टयाइए पनि एकमुष्ट नतिजामा यस्तो ग्रेड दिइएको छैन । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो ।

गत असार पहिलो साता सम्पन्न भएको परीक्षामा तीन लाख ४७ हजार सात सय ४८ जना सहभागी थिए। परीक्षा सम्पन्न भएको सात महिनापछि नतिजा सार्वजनिक भएको हो।

मोबाईल म्यासेजवाट पनि यसरी रिजल्ट हेर्नुहोस्….

(1) Type NEB Symbol Number and send SMS to 31003.

(2) Type NEB Symbol Number and send SMS to 1601

(3) Type NEB Symbol Number and send SMS to 34949

(4) Type NEB Symbol Number and send SMS to 35001

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com