शनिबारदेखि विश्व युवा शान्ति सम्मेलन सुरु


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

 

पुस २९, काठमाडौं । विश्वभरका युवाका साझा समस्याबारे छलफल गर्ने उद्देश्यले आयोजित ‘विश्व युवा शान्ति सम्मेलन–२०१८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा नेपालसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा र जापानलगायत विभिन्न ३३ राष्ट्रका १३० जना युवाको सहभागिता छ ।

युवा संसद् नेपालले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले न्यायमूलक समाज, दिगो विकास, लोकतान्त्रिक शासन र समानता युवाको सरोकारको विषय बन्नुपर्ने बताए ।

युवा संसद् नेपालका संयोजक दिवाकर अर्यालले सम्मेलनमा जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता, युवा सहभागिता र शान्तिका लागि सांस्कृतिक, कूटनीतिलगायतका विषयमा छलफल हुने जानकारी दिए ।

कार्यक्रममा अभिनेता राजेश हमाल, सिएनएन सुपर हिरो पुष्पा बस्ने, एपिवान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्री, शान्ति अभियन्ता पीताम्बर भण्डारी, युवा वैज्ञानिक जितेन्द्र उपाध्याय, युवा अभियन्ताहरु सुलोचना सिग्देल, वासु गौतम र हिक्मत थापालाई ‘युवा अभिप्रेरणा सम्मान–२०१८’ प्रदान गरिएको थियो ।

आइतबारसम्म चल्ने सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न हुने बताइएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com