नाट्टा अध्यक्षमा सिएन पाण्डे विजयी


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

काठमाडौं : नेपाल एसोसिएसन अफ टुर एन्‌ड ट्राभल एजेन्ट (नाट्टा) अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन्। शुक्रबार होटल सोल्टीमा सम्पन्न निर्वाचनको शनिबार बिहान ३ बजे घोषित परिणामअनुसार पाण्डे विजयी भएका हुन्। उनले प्रतिद्वन्दी डिके शर्मालाई पराजित गरेका हुन्।

प्रथम उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्ष पनि पाण्डेकै प्यानलबाट निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष शर्मा प्यानलका निर्वाचित भएका छन्।

जसअनुसार अध्यक्ष : सिएन पाण्डे प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं द्वितीय उपाध्यक्ष : संगीता जिरेल महासचिव : रमेश थापा सचिव : सविता भट्टराई कोषाध्यक्ष : रामप्रसाद श्रेष्ठ सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराई सदस्यहरु : १) सुदर्शन नेपाल २) देबकी गुरुगँ ३) फुरी ग्याल्जेन शेर्पा ४ ) अमृत कुमार ढकाल ५) रमेश पौडेल ६) राजु ढकाल ७) ईनु थापा ८ ) गीता ढकाल निर्वाचित भएका छन्। अध्यक्षका प्रत्यासी डिके शर्माले पुनः मत गणना हुनुपर्छ भन्ने माग राख्दै विवाद सिर्जना गरेपछि परिणाम घोषणा हुन ढिलाइ भएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com