विवादास्पद छविका राजदूत नेत्रबहादुर टन्डनको बिदाइ लज्जास्पद


प्रकाशित मिति : पुस २८, २०७४ शुक्रबार

पुस २८, युएई । युएईका लागि नेपाली राजदूत नेत्रबहादुर टन्डनको चार बर्षिय कार्यकाल सकिएको छ । उनी केही दिनमा नेपाल फर्कँदैछन् । उनको बदलामा कार्यवाहक राजदूतको रुपमा पररास्ट्र मन्त्रालयका सागर फुयाँल गत १० जनवरीमै युएई आईपुगेका छन् ।

आफ्नो कार्यकाल समाप्त गरि फर्कन लाग्दा आयोजना गरिएको बिदाई कार्यक्रम भने लज्जास्पद देखिएको छ । लामो समयदेखि बिवादास्पद बन्दै आएका टन्डनको बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासघ युएई ,एनआरएनए युएई, नेपाली जन प्रगतिशील मन्च युएई लगायतका दर्जनौ संघ संस्थाले भने कार्यक्रम नै बहिष्कार गरेका छन् । शुक्रबार दुबईको एक रेस्टुरेन्टमा गुल्मी सेवा समाजद्वारा आयोजना गरिएको कार्यक्रममा पत्रकारहरुको उपस्थिति नै नदेखेपछि आयोजक समेत निराश बनेको स्रोतले बताएको छ ।

विभिन्न कारणले पीडित भई न्यायको आसामा दूतावास पुग्ने पीडितलाई वास्तै नगरी दलाललाई संरक्षण गर्दै आएका राजदूतको कार्यकाल पुर्ण बिवादास्पद रूपमा सकिएको र यस्ता राजदूतलाई सम्मानसहित बिदाइ गर्न नसकिने भन्दै कार्यक्रममा उपस्थिति नजनाएको जन प्रगतिशील मन्च युएईका महासचिव उत्तम बिकले बताएका छन् । यस्तै पीडितका पक्षमा कलम चलाउदा कार्यक्रममा समेत बहिष्कार गरेको र पीत पत्रकार भन्दै अपमान गरेको कारण विवादास्पद राजदूतलाई बिदाइ गर्न जान नसकिएको जानकारी नेपाल पत्रकार महासघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले बताए ।

केहि समय अघि दलालले युएईमा अलपत्र पारेका १९ जना नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा समेत राजदूत टन्डनले असहयोग रहेको थिए भने दलाललाई कारबाहीको माग गर्दा बजेट अभाव भएको भन्दै बचाउन खोजेपछि युएईमा कार्यरत नेपालीहरुले दूतावास प्रति हेर्न दृष्टिकोणमा समेत फरक आएको छ।

यसैबीच टण्डनले म्याद थपका लागि मागेको पत्र विवादास्पद छवि भएको भन्दै पररास्ट्रबाट अस्वीकृत गरेको छ । उनले पररास्ट्रमार्फत नेपाल सरकारलाई कम्तीमा ६ महिनादेखि अर्को ब्यवस्था नभएसम्मको लागि पदको म्याद थामिदिन गरिएको अनुरोधलाई पररास्ट्रले अस्वीकृत गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com