उत्तर अमेरिका तामाङ सम्मेलन हुँदै, अध्यक्षमा लक्यान लामाको उमेद्वारी घोषणा


प्रकाशित मिति : पुस २७, २०७४ बिहीबार

उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ आउने शनिबार र आइतबार न्यूयोर्कमा हुँदै छ । पहिलो पटक हुन लागेको सम्मेलनमा अध्यक्ष पदका लागि लक्यान लामाले उमेद्वारीको घोषणा गरेका छन् । लामाले, थकाली किचनमा एक कार्यक्रम गरी उमेद्वारी घोषणा गरेका हुन् ।

लामाले उमेद्वारीको घोषणा गर्दै ७ बुँदे प्रतिवद्धता र ४ बुँदे गुरुयोजना सहित घोषणपत्र पनि सार्वजनिक गरेका छन । उनले, तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टी बनाउन आवश्यक पहल गर्ने, दक्ष प्राविधिक एवं विज्ञहरुको सहभागीतामा भर्चुअल तामाङ अनलाइन स्कूल सञ्चालन गर्ने, भाषा, धर्म, कला र संस्कृति संरक्षण र संवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, युवा तथा विद्यार्थी मञ्च गठन गर्ने, न्यूयोर्कमा केन्द्रिय कार्यालय स्थापना गर्ने, विभिन्न ख्याति प्राप्त कलाकारहरुको सहभागीतामा डम्फु साँझ सांस्कृतिक कार्यक्रम गर्ने, आपदविपद निराकरणको लागि समिति बनाएर काम गर्ने लगायतका प्रतिवद्धताहरु अघि सारेका छन् ।

त्यस्तै, तामाङ संघसंस्थाको सहभागितामा ग्लोबल तामाङ कन्फरेन्स गर्ने, प्रवासमा रहेका तामाङ संघ संस्था र व्यक्तिहरुको सहयोगमा अन्तर्राष्ट्रिय तामाङ एजुकेशन फण्ड स्थापना गर्ने, तामाङ प्रशासकिय भवन बनाउने र तामाङहरुको आर्थिक समृद्धिका लागि संयुक्त लगानीका लागि पहल गर्ने लगायतका बुँदा उनको गुरुयोजनामा समावेश छन् ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ तामाङले सम्मेलनका लागि शुभकामना दिए । छलफल र सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गर्दै वाइवाले, अध्यक्षका प्रत्यासी साथीहरु बसेर छलफल गन सुझाव दिए । यसैबीच, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष तथा सम्मेलनका कन्भेनर शान्ताबाबु थोकरले सम्मेलनबाट तामाङहरुको साझा घर बनाउन लागेको भन्दै अध्यक्षका प्रत्यासीहरुलाई मिलेर जान सुझाव दिए ।

त्यस्तै अध्यक्षका प्रत्यासी भरत लामाले, एक अर्कालाई हिलो छ्याप्ने काम नगरी मिलेर जान र सर्वसम्मत भएर जान अनुरोध गर्दै शुभकामना दिए ।
यसैबीच, तामाङ सोसाइटी अफ अमेरिका (टिएसए) का पूर्व अध्यक्षहरु, राम तामाङ, सुवास लामा, इन्द्र तामाङ, सुर्य तामाङ, भोजराज थोकर, गैरआवासी नेपाली संघ (एनआरएन)अमेरिकाका महासचिव बिआर लामा, (टिएसए)का महासचिव अमर तामाङ, (एनआरएन) का युवा संयोजक पवन योञ्जन लगायतले शुभकामना दिंदै सहमति र सल्लाह गरेर मिलेर जान सुझाव दिएका छन ।

को हुन लक्यान ?

पर्सा जिल्लाको ठोरीमा जन्मेका लक्यान लामा नेपाल सरकारको समाज कल्याण परिषदमा सहायक निर्देशक र महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको प्रमुख स्वकीय सचिवको रुपमा काम गरिसकेका व्यक्ति हुन । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक र त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका लामाले नेपालमा रहँदो प्रशासनिकसँगै कानून ब्यबसायीको रुपमा सर्वोच्च अदालतमा बहस गरेको थिए ।

सन २००६ मा भारतको दार्जिलिङमा भएको दोश्रो अन्तरािष्ट्र्रय तामाङ काउन्सिल सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै विधान संसोधन कमिटीमा रहेर काम गरेपछि लामाले तामाङ सुमदायको हक, हित र अधिकारको लागि काम गर्दै आएका छन । तामाङ सोसाइटी अफ अमेरिकाको सचिव र महासचिव भएर तामाङ समुदायको हक हितको लागि काम गरिसकेका लामा नर्थ अमेरिका तामाङ कन्फरेन्सको २५ सदस्यीय तदर्थ समितिका सदस्य सचिवको रुपमा काम गरिहरेका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com