१ बर्षे नाबालिका छोरीसहित श्रीमती सम्पर्क बिहिन, यूरोपबाट श्रीमानको मुटु छुने पत्र


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

बिस्वास्घाति श्रीमती सबिना ,

माया गर्छु भन्नेहरु छक्का दाउ हन्छन यहाँ!

आफ्नै मायाले आफ्नै मुटु जलाएर जान्छन यहाँ…

बिचित्र यो संसार भेटिन्छन अनेकौ यात्रु हरु!!

जुवाडेले कौडा हानेझैँ दाउमा पारेर जान्छन यहाँ..

डाहिसमा झन्डी पाना भन्दै बट्टमा हल्लाय झैँ गट्टी !!

तेसै खेल झैँ कसैको जीवन हल्लायर जान्छन यहाँ…

झुटो नाटक रची स्वथतामा लुटेर जान्छन कति!!

आफ्नै माया बैगुनी भइ मनलाई भुटेर जान्छन यहाँ,

गाउ घरमा भन्दा सुन्दा अचम्म र दुख लागने गर्थेयो कि फलानोको बुढी श्रीमान विदेश गाको ४ महिना नपुग्दै भागी रे , र आज आएर मेरो भाग्य म नी तेइ भएको छ | भनिन्छ नी कर्म गर फल को आशा नगर आज आएर मेरो जिन्दगि मा मैले सबै को लागि राम्रो गरेको सायद येही दिन देख्न रहेक्ष जस्तो लाग्छ | हाल युरोप मा आफ्नो परिवार को भबिस्य राम्रो होस् भनेर केहि दुख गर्न आयको अभागी कर्म फुटेको सुशिल के सी ; म मेरो कथा सुनौना गैरहेको छु |

म सुशिल के सी उरहरी २ कचिली दांग र उनि सबिना दाहाल झापा बिर्तामोड ,हाम्रो भेट २ वर्ष अगाडी २०७२-०६ -२५ कलंकी म भाको थीयो र केहि दिन म कुरा कानी हुदै गर्दा माया बसेछ अनि मलाई ने खुसि लग्यो कि उनले आफु भन्दा नी धेरै माया गर्थिन मलाई ,अनि तेस पछि हामीले दुवै को सहमति मा काठमाडौँ को गुएयाशवोरी मन्दिर मा २०७२-०८-२९ बिहे गरेउ र हामी सुखेधारा नजिक बस्न थालेउ |हामी दुवै जना खुसि थेऔ र पछि गएर बुवा आमा लाई नी खुसि पारेउ | म म्यन्पओर मा काम गर्थे अनि उनि कोठा मा नै बस्थिन यस्तै हुदा हाम्रो छोरि को नी जन्म भयो र हामी लगायत परिवार साथी भाई सबै खुसि भएउ | पहिले म सोच्ने गर्थे कि किन पैसा धेरै कमौना पर्यो अनि जब हाम्रो छोरी भै अनि खै थाहा भएन परिवार ठुलो वको जस्तो र मेरो काद म जिम्मवारी अजै थपिन लगेओ जस्तो अनुभूति भयो | तेस्पची मैले छोरी को भबिस्य मा केहि बाधा नहोस भन्न लाई विदेश गएर पैसा कमाउने सोच बनाए र मैले मेरो बुढी लाई भने अनि दुवै को सल्ला म युरोप जाने निदो गरियो |आफ्नो क्षोरा क्षोरि को भबिस्य कसले उज्ज्वल चाहदैन र ! अनि सबै तयारी गरियो र मेरो भीजा नी आयो र म येही २०७४ अशोज मा विदेश आफ्नो सपना बोकेर आफ्नो मातृभूमि छोडेर ,सबै को माया छोडेर अनि मेरो ८ महिना को छोरी छोडेर अर्का को देश म दुख पसिना बगाउन हिडे |

भनिन्छ नी बिस्वास नै सबै कुरा हो र बिस्वास म सबै कुरा अडिने गर्छ र म ने मेरो श्रीमतीलाई असदै बिस्वास गर्थे र विदेश गएर काम गर्न पर्छ खासै समय हुदैन थेयो फुर्सद भनेर तर मैले मिलाएर बुढी छोरी साथी भाई संग सम्पर्क गर्थे |विस्तारै समय बित्दै गयो राम्रो हुदै गेरको थेयो र कमाई नी राम्रै हुदै थेयो अनि विस्तारै विदेश जादा लिएको रिण नी तिरिदे थेयो र अचानक मैले कोहि मान्छे बाट सुने तेरो बुढी अर्कै संग हिड्न लागेकी छ भनेर तर मैले उसको कुरामा विचार नै गरेन अनि तेस्पची विस्तारै बुढी ले मसंग अलि कम सम्पर्क मा भै | अनि मैले बास्तबिकता बुझन लागे र आखिर म आएर साची नै मेरो बिस्वास मेरो माया मेरो सब्कुचले मलाई छोड्ने चाहन्छे , अनि उसको नाजायत सम्बन्ध पनि रहेछ जो यो समाज अनि नैतिकता ले नै दिदैन अनि एउटा १ वर्ष पुग्न लागेकी छोरी लाई नसम्झी एस्तो घिन लाग्ने काम गरी |तेस्पक्षि म आकाशबाट खसेको झैँ भए अनि मेरो यो कालिको मुटु छिया छिया भयो अनि म बेस्गारी रुन थाले | मेरा यी आखा बाट आशु कहिले झर्दैनथेयो र आज करिब १ महिना देखि आउन थाले | हाम्रो बिस्वास खै कहाँ हरायो अनि तेयो हाम्रो माया को चिनो को याद कहाँ हरायो | खै मैले यो संसार बुझन सकिन कि कन एस्तो गर्क्षन् र किन एस्तो हुन्क्ष जब हामी कसैलाई एती धेरै माया अनि बिस्वास गर्क्षौ | बिरानो यो देश मा ,म रुदै बस्छु र सोच्क्षु कि मैले उसलाई के कुरा को कमि हुन देको थीय र आज मैले यो बिछोड भोक्दै छु |येदी धोका दिन थेयो वने किन बिहे गरेर मलाई साथ दियौ ? जब आफु ले बिस्वास गरेको मान्छे नै एस्तो वे म कसको बिस्वास गरु अब | विस्तारै म आफु लाई समाल्न खोजे अनि छोरी को माया ले ने सतायो अनि म आफ्नो छोरी लाई इमो म हेर्न चाहन्थे तर जब मैले थाहा पाको छु भनेर उसलाई थाहा भयो तेस्पक्षि मसंग उसको सम्पर्क हुने सकेन | मेरो छोरी को १ वर्ष पुरा येही पौष ४ गते भयो तर छोरी संग नी कुरा गर्न सफल हुन सकेन यो अभागी सुशिल, कति मन रोयो होला मेरो ! म मेरो छोरीबाट ने बिक्षोदिन पुगे |सुनेको छु उनि अहिले पहिलेको कोठा छोडेर नी गैसकिन रे अनि सबै हामी संग भएको जाय जाथ पनि अनि मैले पसिना बगेको कमाई पनि लगेर गै रे अनि हाल काठमाडौं कुनै स्थानमा बस्छे रे भन्ने सुनेको छु |

अन्तिम मा के भन्न चाहन्छु भने येदी धोका दिन थेयो भने सम्बन्ध किन जोडेउ ,किन मलाई बीच बाटो मा अलपत्र परेर गयेउ | बस अब म मलाई मेरो छोरी को माया लाग्छ अनि ज सोचेर विदेश अको थीय म मेरो जिम्मारी कहिले भुल्ने छैन | म मेरो छोरी को उज्ज्वल भबिस्य अबस्य बनाउने छु | तिमीले जे गरेउ गरेउ अनि गर मलाई अब कुनै चिन्ता छैन किन कि मेरो आशु संगै तिमी नी बगेर गैसकेउ | अब बस मलाई मेरो छोरी बाट पन्क्षौन नखोज किन भने मेरो छोरी मेरो अधिकार को मेरो हिम्मत हो मेरो जिबन हो अनि मेरो लक्क्ष्य | तिमी चाहेर नी मलाई मेरो छोरी बाट बन्चित बनाउन सक्दैनौ र कोसिस नी नगर किन वने म मेरो छोरी को भबिस्य तिम्रा ति अपगुन को छाया पर्न दिन चाहदैन |मैले मेरा मन थाम्न नसकेर मेरो हातबाट यी सब्द हरु कोर्न कोसिस मात्र गरेको हु | अनि जसले यो देख्नु हुन्छ मेरो दुख म साथ दिन चाहनुहुन्छ र म जस्तै दुखि हुनु हुन्छ भने र अजै केहि जान्न चाहनुहुन्छ भने मेरो फचेबूक म सम्पर्क गर्नुहोला : Sushil Dang (Genuine) अनि माथि को तस्बिर म भाको मेरो छोरी पकडेको यो सबिना लाई देख्नु भयो भने ने सम्पर्क गर्नुहोला |

उही तिम्रो दुखि श्रीमान

सुशिल के सी (हाल युरोप मा )

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com