अमेरिका: पहिरोमा परेकाको उद्धार जारी


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

डिसेम्बर महिनामा ठूलो डढेलोको मारमा परेको सो क्षेत्रमा महिनौंपश्चात परेको पानीले निम्त्याएको पहिरोमा परि कम्तीमा १३ जनाको ज्यान गएको छ।

मुख्य तटीय मार्गको करिब ५० किलोमिटर खण्ड अवरुद्ध छ। प्रहरीले त्यहाँको दृश्यलाई प्रथम विश्व युद्धस्थल जस्तो देखिएको बताएको छ।

अधिकारीहरुका अनुसार मन्टेसिटो नामक नगरमा रहेका घरहरुमा करिब तीन सय मानिस फसिरहेका हुनसक्छन्। त्यहाँ जाने सडक मार्ग अवरुद्ध भएकाले खोज तथा उद्धार प्रभावित भएका छन्।

अब सो क्षेत्रमा हवाई मार्गबाट खोज तथा उद्धार गरिने बताइएको छ।

मर्नेहरुको संख्या बढ्न सक्ने ठानिएको छ।

हालसम्म पचासजनाको उद्धार गरिसकिएको छ। तर कतिपय ठाउँमा अझै उद्धारकर्मी पुग्न सकेका छैनन्।

टेलिभिजनमा देखिएका दृश्यहरुमा सो नगरका सडकहरु बाक्लो हिलोले ढाकिएको, तथा यत्रतत्र पहिरोले बगाएका क्षतविक्षत गाडीहरु रहेको देखिन्छ।

लस एन्जलिसस्थित बीबीसी संवाददाता जेम्स कुकका अनुसार ठाउँठाउँमा साना गाडीका आकारका ढुंगा पहाडबाट खसेर सडक अवरुद्ध भएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com