राष्ट्रपति ट्रम्पलाई लाग्यो राष्ट्रिय-गान बिर्सिएको आरोप


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

काठमाडौं, २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनिए पछि विवादै विवादको घेरामा परेका छन् । क्लिन्टन प्रकरणदेखि संयुक्त राष्ट्रसंघ संगको जलवायु परिवर्तनसम्बन्धि मुद्धासम्म ट्रम्प घेरिएका छन्। हालसालै उनले फेरी अर्को आलोचनाको सामना गर्नुपरेको छ । ट्रम्पलाई राष्ट्रियगान भुलेको आरोप लागेको छ ।

अटलान्टामा एक क्याम्पसमा भएको फुटबल खेलमा राष्ट्रिय गानका लागि उठेका ट्रम्पलाई राष्ट्रियगान भुलेको भनी चिढ्याइयो छ ।

सामाजिक सञ्जालमा मानिसहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय गान गाउने तरिका माथि प्रश्न गरेका थिए । आलोचकहरुले उनलाई राष्ट्र गान भुलेको आरोप लगाएका छन् ।

ट्रम्पका समर्थकले भने उनले मुटुमा आफ्नो हात राखेर उठेर गर्वका साथ गान गाएको प्रतिक्रिया दिएका छन् ।

ट्रम्पको राष्ट्रिय गान गएको भिडियोमा पनि शुरुवात र अन्तयमा उनले गान भनेको देखिएको छ भने बीचमा उनी चुप लागेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com