अमेरिकाको होन्डुरसमा ७.६ रेक्टरको भूकम्प, सुनामीको चेतावनी


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

पुस २६, होन्डुरस — मध्य अमेरिकाको होन्डुरसको उत्तरमास्थित क्यारिबियन समुद्रमा केही समय अघि ७‍.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अध्ययन संस्था ९यूएसजीएस०ले जनाएको छ । भूकम्प गएसँगै त्यहाँ प्यासिफिक सुनामी वार्निङ सेन्टरुले त्यहाँ वरपर पर्ने स्थानमा सुनामी आउनसक्ने चेतावनी दिएको छ।

 

यूएसजीएसका अनुसार सो भूकम्पको केन्द्रविन्दु होन्डुरसको बार्रा पाटुकाबाट २०२ किमी उत्तरपूर्व र केमन टापुस्थित जर्ज टाउनबाट १९१ किमी दक्षिणपश्चिममा रहेको छ । जमिनी सतहभन्दा १० किमी मात्रै तल यसको केन्द्र रहेकोले धेरै टाढासम्म महसुस हुने र क्षति पनि धेरै हुनसक्ने अनुमान छ ।

भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको बताइएको छ।
रोयटर्स

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com